कान्तिपुर टेलिभिजनका जनकपुर संवाददाता अनिल मिश्र नेतृत्वको टोलीले चार जनाविरुद्ध किटानी जाहेरी दिएको छ। जसमध्ये व्यापारी साहलाई प्रहरीले पक्राउ गरेको हो।
मोटरसाइकल दुर्घटना युवकको मृत्यु भएको विषयलाई लिएर कैलालीमा पुन: मृतकका आफन्तहरुले पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन्। कैलालीको लम्कीमा मृतकका आफन्तले सडक अवरुद्ध पारेका हुन्।
आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ।
यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत एक अधिकृत र सेवाग्राहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा दिएको छ।
कोटेश्वर–जडीबुटी सडकखण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ। सो सडकखण्डको दायाँ–बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तत्कालीन पञ्चायतकालमा राज्यले वेपत्ता पारेको धनुषाका डा.लक्ष्मीनारायण झा गणतन्त्र ल्याउने मुलुककै सपुत रहेको बताएका छन्।