बुधबार, भदौ ३, २०८३

सर्लाहीका उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

सर्लाही- चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्।

उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

उखु मिलहरुबाट पाउनुपर्ने रकम र अनुदान रकम सरकारले माघ ७ गतेभित्र भुक्तान गराउने सहमति गरेपनि रकम नपाउँदा आफुहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको समितिले जनाएको छ।

समितिले फागुन मसान्तसम्म किसानहरुले पाउनुपर्ने रकम भुक्तानी नपाए चैत्र ४ गतेदेखि पुनः राजधानी केन्द्रित आन्दोलन थाल्ने चेतावनी दिएको छ।

उनीहरुले माघ १९ गतेदेखि नै गाउँ गाउँमा पुगी किसानहरुले पाउनुपर्ने बक्यौता रकमको विवरण संकलन गर्ने, एक छाकमात्र खाना खाई खेतमा काम गर्ने, जागरण अभियान चलाउनेदेखि माइतीघर मण्डलामा आई रिले अनसन थाल्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन्।

उद्योगमन्त्री लेखराज भट्ट आफैँले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काउनु भएको थियो।

माघ १९ भईसक्दासमेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानी पाएका छैनन्। अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानी गर्न बाँकी छ।

प्रकाशित: Feb 02, 2020| 19:52 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।