काठमाडौं– पर्सा प्रहरीले १० किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पटेर्वासुगौली गाउँपालिका मलाही टोल बस्ने ४५ वर्षीय उमेश सहनीलाई १० किलोग्राम गाँजा, एक लाख ४८ हजार नेपाली र २० हजार भारतीय रूपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
सहानीले आफ्नो घरमा गाँजा लुकाइछिपाई राखेर अवैध कारोवार गरिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक कुशल बर्तौलाको कमान्डमा गएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।