बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेना भित्रिन नदिन बाँकेको जमुनाहा नाकामा हेल्थ डेस्क

काेराेना भित्रिन नदिन बाँकेको जमुनाहा नाकामा हेल्थ डेस्क

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेकाे नेपाल–भारत सीमा नाका जमुनाहामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

बांँके– कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेकाे नेपाल–भारत सीमा नाका जमुनाहामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

सो सीमानाका हुँदै नेपाल भित्रिनेमा काेराेना भाइरसको संक्रमण भए/नभएको जाँच गर्न हेल्थ डेस्क सञ्चालन गरिएकाे नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए।

हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ, जहाँ ज्वरो तथा रुघाखोकीका सँगै शंकास्पद बिरामीको स्वास्थ्य परीक्षण गरिनेछ।

यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ।

रासस

प्रकाशित: Feb 03, 2020| 09:49 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।