बुधबार, भदौ ३, २०८३

छाउगोठ भत्काउँदा अछाममा प्रहरी कुटिए

छाउगोठ भत्काउने अभियानमा सक्रिए भएका प्रहरी अछाममा कुटिएका छन् ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

अछाम- छाउगोठ भत्काउने अभियानमा सक्रिय भएका प्रहरी अछाममा कुटिएका छन् ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलमा छाउगोठ भत्काउने क्रममा शनिबार एक प्रहरी हवल्दार कुटिएका हुन् ।

प्रहरी चौकी जगढका हवल्दार धनबहादुर कैलालाई स्थानीय एक महिलाले भैंसी बाँध्ने किलाले हिर्काएकी हुन् । उनको ढाडमा चोट लागेको छ ।

छाउगोठ भत्काउँदा देउता आएको भन्दै ती महिलाले प्रहरीलाई किलाले हानेको अछामका प्रहरी प्रमुख दीपक भारतीले जानकारी दिए ।

प्रहरीमाथि हातपात गर्ने ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरेको उनले जानकारी दिए । छाउगोठ भत्काउन जाँदा असहयोग गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

अभियान सुरु गरेको डेढ महिनामा अछाममा ४ हजार ७ सय ३३ छाउगोठ भत्काइएका छन् ।

छाउ बार्न गोठमा बसेका बेला गत मंसिर १५ को राति साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएको थियो । उक्त घटनापछि संघीय सरकारले छाउगोठ हटाउने अभियान चलाएको छ ।

प्रकाशित: Feb 03, 2020| 09:03 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।