बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल टेलिभिजनको वार्षिकोत्सव कर्मचारीले नै बहिष्कार गर्ने

नेपाल टेलिभिजनको वार्षिकोत्सव कर्मचारीले नै बहिष्कार गर्ने

नेपाल टेलिभिजनका कर्मचारीहरुले टेलिभिजनको ३५ औं वार्षिकोत्सव कार्यक्रम नै बहिस्कार गर्ने भएका छन् । 
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं- नेपाल टेलिभिजनका कर्मचारीहरुले टेलिभिजनको ३५ औं वार्षिकोत्सव कार्यक्रम नै बहिस्कार गर्ने भएका छन् । 

एक विज्ञप्ति जारी गर्दै आफ्ना माग र संगठनहरुलाई व्यवस्थापन पक्षले वेवास्ता गरेको भन्दै उनीहरुले टेलिभिजनको वर्षिकोत्सव कार्यक्रम नै बहिस्कार गर्ने भएका जनाएका हुन् ।

आफ्ना माग सुनुवाई नगरी अनावश्यक आर्थिक भार थप्ने कार्य व्यवस्थापन पक्षले गरेको भन्दै उनीहरुले टेलिभिजनको वार्षिकोत्सव नै बहिस्कार गर्ने बताएका छन् ।

नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आइतबार सयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीको बृत्ति विकासलगायतका विषयमा पेश गरेका मागको सुनुवाई गर्न छाडेर व्यवस्थापनले थप कर्मचारी भर्ना गर्ने तयारी गरेको, टेलिभिजनको इटहरी कार्यालय उद्घाटनमा कर्मचारी संगठनहरुलाई बेवास्ता गरेकोलगायतका कारण देखाउँदै वार्षिकोत्सवका सम्पूर्ण कार्यक्रम बहिष्कार गरेर विरोध जनाउने घोषणा गरेका छन् ।

विज्ञप्तिमा संस्थालाई आर्थिक दलदलमा पारेर धरासाई बनाउने कार्य टेलिभिजनको उच्च व्यवस्थापनले गरेको भन्दै त्यस्ता कार्य तथा निर्णयहरुप्रति भत्सर्ना पनि गरिएको छ ।


‘कर्मचारीको बृत्ति विकास तथा सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी कर्मचारी संघ र युनियनबाट पेश भएका मागहरुको समेत बेवास्था गरिएको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रबैया बिरुद्ध माघ २० गते टेलिभिजन कार्यालयमा हुने वार्षिक उत्सब सम्वन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको छ’ संघका अध्यक्ष गोपालप्रसाद दाहाल र युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतद्धारा जारी बिज्ञप्तिमा लेखिएको छ ।

टेलिभिजनको व्यवस्थापन पक्ष कर्मचारीहरुसँगको सहकार्यबाट भाग्न खोजेको संगठनहरुले आरोप लगाएका छन् ।

उनीहरुले कर्मचारी भर्ना सम्वन्धी विज्ञापन र नयाँ लागु गरिएको विनियमावलीप्रति पनि असहमती प्रकट गरेका छन् ।

प्रकाशित: Feb 03, 2020| 08:11 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।