बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार–जनकपुर उपमहानगर विवाद : व्यापारी पक्राउ परेपछि सडक अवरुद्ध

पत्रकार–जनकपुर उपमहानगर विवाद : व्यापारी पक्राउ परेपछि सडक अवरुद्ध

कान्तिपुर टेलिभिजनका जनकपुर संवाददाता अनिल मिश्र नेतृत्वको टोलीले चार जनाविरुद्ध किटानी जाहेरी दिएको छ। जसमध्ये व्यापारी साहलाई प्रहरीले पक्राउ गरेको हो।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

जनकपुरधाम– जनकपुर उपमहानगरपालिकाका मेयरको कार्यकक्षमा पत्रकार र कर्मचारीहरुबीच केही दिनअघि भएको विवादलाई लिएर आज (सोमबार) जनकपुरको सडक अवरुद्ध भएको छ।

मेयरको कार्यकक्षमा आफूहरुमाथि हातपात गरेको भन्दै केही पत्रकारहरुले किटानी जाहेरी दिएपछि आइतबार जनकपुरका स्थानीय व्यापारी धर्मेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको थियो।

कान्तिपुर टेलिभिजनका जनकपुर संवाददाता अनिल मिश्र नेतृत्वको टोलीले चार जनाविरुद्ध किटानी जाहेरी दिएको छ। जसमध्ये व्यापारी साहलाई प्रहरीले पक्राउ गरेको हो।

उनको पक्राउको विरोधमा सोमबार ११ बजेदेखि जनकपुरको मुख्य सडक अवरुद्ध गरिएको छ। स्थानीय व्यापारी तथा राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताहरुले साहको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित प्रदेश २ का सांसदहरु पनि सहभागी छन्। यसअघि उक्त पत्रकारको समूहले मेयर साहविरुद्ध पनि किटानी जाहेरी दिन खोजेका थिए। तर प्रहरीले आफूहरुसँग भएको भिडियोमा मेयरले हातपात नगरेको भन्दै जाहेरी फिर्ता गरेका थिए।

त्यसपछि मेयर निकट मानिएका व्यापारी धर्मेन्द्र साहसहितमाथि किटानी जाहेरी दर्ता भएको हो।

प्रकाशित: Feb 03, 2020| 15:03 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।