बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपसभामुख चयनका लागि राजनीतिक सहमति पर्खिंदै संसद् सचिवालय

उपसभामुख चयनका लागि राजनीतिक सहमति पर्खिंदै संसद् सचिवालय

सत्तारुढ नेकपाले सभामुख पाइसकेका कारण अब उपसभामुख अन्य दलबाट हुनुपर्छ । यसैगरी सभामुख पुरुष भएका कारण उपसभामुख महिला हुनु पर्नेछ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– झन्डै ४ महिनापछि संघीय संसदको प्रतिनिधिसभाले सभामुख पाए पनि उपसभामुख चयनको विषयमा अन्योल कायमै छ। उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले माघ पहिलो साता राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ।

बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त थियो। सभामुखमा नेकपाका सांसद अग्निप्रसाद सापकोटा चयन भइसकेका छन्।

उपभासमुखका बारेमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन। सभामुख र उपसभामुख फरक पार्टी र लिंगबाट हुनुपर्ने व्यवस्था छ। चयनका विषयमा संघीय संसद सचिवालयले कुनै तयारी गरेको छैन। मंगलबार (भोलि) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा पनि उपसभामुख चयन प्रक्रियाबारे चर्चा छैन।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा उपसभामुख चयन प्रक्रिया अन्योलमा रहेको बताए। ‘राजनीतिक सहमतिपछि हामीकहाँ आउने हो। अहिलेसम्म राजनीतिक दलहरुको तर्फबाट उपसभामुख चयनको विषयमा केही आएको छैन,’ उनले भने, ‘मुख्य दल नेकपा नै हो। नेकपा नै केन्द्रीय समिति बैठकमा व्यस्त भएपछि उसभामुख चयन प्रक्रियामा ढिलाइ भएको जस्तो लाग्छ।’

सत्तारुढ नेकपाले सभामुख पाइसकेका कारण अब उपसभामुख अन्य दलबाट हुनुपर्छ । यसैगरी सभामुख पुरुष भएका कारण उपसभामुख महिला हुनु पर्नेछ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी पार्टी नेपाल उपसभामुखका प्रमुख दावेदार हुन्।

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपासँग राजपाको गठबन्धन भएका कारण उपसभामुख राजपाबाट हुने आंकलन गरिएको छ। तर, उपसभामुख चयनका विषयमा नेकपा र राजपाबीच औपचारिक छलफल भने भएको छैन।

प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, बीचमा सभामुख वा उपसभामुख रिक्त भए कति दिनभित्र नियुक्त गर्ने भन्ने व्यवस्था छैन।

कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त भएको सभामुख पदमा पनि तीन महिना पछिमात्र निर्वाचन भएको थियो। संविधानको यही लचिलोपनका कारण उपसभामुख चयनमा पनि ढिलाइ हुने सक्ने बताइएको छ।

प्रकाशित: Feb 03, 2020| 14:56 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।