बुधबार, भदौ ३, २०८३

साविक विजेताको छैटौं हार, टोटेनहेमले हरायो सिटीलाई

प्रिमियर लिग अन्र्तगत आइतबार राति सम्पन्न खेलमा टोटेनहेमले सविक विजेता म्यान्चेस्टर सिटीलाई हराएको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

प्रिमियर लिग अन्र्तगत आइतबार राति सम्पन्न खेलमा टोटेनहेमले सविक विजेता म्यान्चेस्टर सिटीलाई हराएको छ।

टोटेनहेमको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाउना टोली सिटीलाई २–० को गोल अन्तरले हराएको हो।

टोटेनहेम हट्सपुुर स्टेडियममा सञ्चालित खेलको पहिलो हाफमा कुनै गोल हुन सकेन। सिटीले ४० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न सकेन भने टोटेनहेमले गोलको अवसर सिर्जना गर्नै सकेन।

दुवै टोली गोल गर्न सफल नभएपछि गोलरहित बराबरीमै पहिलो हाफ सकिएको थियो।

खेलको ६० औं मिनेटमा सिटीका डिफेन्डर अलेक्सेन्डर जिन्चेन्को दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए। सिटी १० खेलाडीमा सिमित भएपछि टोटेनहेमले गोलको अवसर सिर्जना गरेको थियो।

टोटेनहेमको जितका लागि खेलको ६३ औं र ७१ औ मिनेटमा स्टिभ बेर्गुइन र सन हेउन मिनले गोल गरेका थिए।

स्टिभलाइ लुकासले एसिस्ट गर्दा उनको पहिले गोल क्लबमा डेब्यु गोलसमेत बनेको छ। उनी पिएसभीबाट जनवरी विन्डोमा सिटी प्रवेश गरेका हुन्। ७१ औ मिनेटमा सनले गरेको गोलका लागि डोम्बेलेले एसिस्ट गरेका थिए।

जितसँगै टोटेनह्यामको ३७ अंक भएको छ। उसले २५ खेलमा १० जित र ७ बराबरीका साथ ३७ अंक बनाएको हो।

त्यस्तै, आजको खेलमा हारको सामना गरेको सिटीको ५१ अंक छ। ऊ शीर्षस्थानको लिभरपुलभन्दा २२ अंकले पछि परेर दोस्रो स्थानमा छ।

प्रकाशित: Feb 03, 2020| 08:19 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।