धनगढी- मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएको विषयलाई लिएर कैलालीमा पुन: मृतकका आफन्तहरुले पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन्। कैलालीको लम्कीमा मृतकका आफन्तले सडक अवरुद्ध पारेका हुन्।
से २ प १८५० नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरीको मृत्यु भएपछि उनका आफन्तले दुर्घटना गराउनेको पहिचान गरी कारबाही गर्नुपर्ने मागसहित सडक अवरुद्ध पारेका हुन्। उनीहरुले आइतबार पनि सडक अवरुद्ध पारेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडपसमेत भएको थियो। साँझ सर्वदलीय बैठक बसेपनि निष्कर्षविहिन भएको थियो।