ललितपुर महानगरपालिका वडा नं १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नंको स्कुटर सोमबार दिउँसो अज्ञात व्यक्तिले जलाएको छ।
राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको विछ्याइएको १६ करोड बराबरको पाइप फुटाइएको छ। पाइप फुटाउनेलाई कारवाहीको माग अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्।
राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच सोमबार भेटवार्ता भएको छ।
सानेपास्थित आफ्नै निवासमा आज बिहान गम्भीर घाइते अवस्थामा भेटिएकी मुना कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। मुना नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी हुन्।