बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वसचिव अर्जुन कार्कीका कामदार निवासमै मृत भेटिए, पत्नी गम्भीर घाइते

पूर्वसचिव अर्जुन कार्कीका कामदार निवासमै मृत भेटिए, पत्नी गम्भीर घाइते

नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्ने विजय चौधरी सानेपास्थित कार्कीको घरमा मृत भेटिएका छन्।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्ने विजय चौधरी सानेपास्थित कार्कीको घरमा मृत भेटिएका छन्।

प्रहरीका अनुसार कार्कीकी पत्नी मुना कार्कीलाई भने रगत लतपतिएको र गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको छ। ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार चौधरीको शव भेटिएकै स्थानमा कार्की घाइते भेटिएकी हुन्।

घाइते कार्कीलाई सानेपास्थित स्टार अस्पताल लगिएको छ। राईका अनुसार चौधरीले झुन्डिएर आत्महत्या गरेको आशंका छ। शवमा कुनै चोटपटक नभेटिएको र लत्रिएको शवमा डोरी बाँधिएको फेला परेको छ।

पूर्वसचिव कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला उक्त घटना भएको हो। घरमा रहेकी अर्की कामदार किशोरी कार्की भने पूर्वसचिव कार्कीका छोरालाई स्कुल पुर्‍याउन गएकी थिइन्।

ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले घटनाबारे महानगरीय अपराध महाशाखा र ललितपुर प्रहरीले अनुसन्धान थालेको बताइन् ।

प्रकाशित: Feb 10, 2020| 12:44 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।