बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाधिवेशनबारे छलफल गर्न कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

महाधिवेशनबारे छलफल गर्न कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

बैठक दिउँसो २ बजे बोलाइएको छ। बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। यस्तै, बैठकमा नियमावली संशोधन र विधान परिमार्जनबारे पनि छलफल हुने बताइएको छ।

कांग्रेसले महाधिवेशन तयारीका लागि जिल्ला अधिवेशन गराउन विधान परिमार्जन गर्न लागेको हो।

बैठकमा ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने बताइएको छ।

सोही प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाईसमेत छानबिनको दायरामा ल्याउन कांग्रेसले माग गर्दै आएको छ।

प्रकाशित: Feb 10, 2020| 09:18 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।