बुधबार, असोज २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्चीको पाइप फुटाउने निकायलाई अर्थमन्त्रीद्वारा कारवाहीको माग

मेलम्चीको पाइप फुटाउने निकायलाई अर्थमन्त्रीद्वारा कारवाहीको माग

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको विछ्याइएको १६ करोड बराबरको पाइप फुटाइएको छ। पाइप फुटाउनेलाई कारवाहीको माग अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीले विछ्याएको १६ करोड रुपैयाँ मूल्य बराबरको पाइप सडक विस्तारका क्रममा फुटेको जानकारी पाएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले पाइप फुटाउनेलाई कारवाहीको माग गरेका छन्।

सोमबार विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले मेलम्चीका लागि विछ्याइएको १६ करोड रुपैयाँ बराबरको पाइप सडक विस्तारका क्रममा फुटेको जानकारी दिएका थिए। उनले फुटेको पाइप नफेरे पानी वितरण गर्न नसकिने बताए।

समितिको बैठकमा उनले भने, ‘अहिले मेलम्चीको पानी ल्याउन पाइप विच्छयाउने क्रम जारी छ। विच्छाएको पाइपमा पनि १६ करोड बराबरको पाइप काम नलाग्ने अवस्थामा छ। त्यसको विकल्प नखोजी पानी ल्याउन सक्ने अवस्था छैन।’

सचिवले पाइप फुटेको जानकारी गराएपछि अर्थमन्त्री खतिवडाले पाइप फुटाउने निकायलाई कारबाहीको माग गरेका हुन्।  उनले भने,‘त्यो पाइप कसले भत्काएको हो, त्यो विषयमा छानबिन हुनुपर्छ। अर्थले पैसा दिन्छ, आयोजना अघि बढ्छ, तर त्यहाँ भएको लापरबाहीको छानविन हुनैपर्छ।’

अर्थमन्त्री खतिवडाले तालुकदार निकाय काठमाडौं उपत्यका विकास प्राधिकरणले समन्वय गर्न आवश्यक रहेको बताए। 

 

प्रकाशित: Feb 10, 2020| 16:44 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।