बुधबार, असोज २८, २०८३

पाँच किलो चरेशसहित दुईजना पक्राउ

 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– कैलाली प्रहरीले करिब ५ किलो लागुऔषध चरेशसहित सहित २ जनालाई पक्राउ गरेको छ। महिलाले कम्मरमा बेरेर भारततर्फ जाँदै गरेको अवस्थामा उक्त चरेशसहित २ जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीता राना मगर छन् । सोमबार दिउँसो धनगढी बजारबाट दक्षिण भारतको सिमा नाका गौरीफण्टातर्फ गइरहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त चरेश फेला पारेको प्रहरीले जनाएको छ।

सीताले कम्मरमा कपडाभित्र लुकाई प्लाष्टिकमा बेरी राखेको अवस्थामा उक्त चरेश भेटिएको डिएसपी दक्ष बस्नेतले जानकारी दिए।

प्रकाशित: Feb 10, 2020| 16:35 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।