बुधबार, भदौ ३, २०८३

शोभाकान्त ढकालको घरमा विस्फोट गराउने ७ पक्राउ

व्यापारी शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– व्यापारी शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

ढकाल ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका व्यक्ति हुन्। उनको घर नागार्जुन नगरपालिका–१, ढुंगेधारा चर्सरीमा माघ १ गते विस्फोट गराइएको थियो।

घटनामा संलग्न रहेको आरोपमा सात जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेखका भीम अधिकारी (रक्षक), कास्कीका विजय भनिने विष्णुप्रसाद अधिकारी, रामेछापका हरिचन्द्र खड्का, गोरखाका कपिल भट्ट, गोकर्णेश्वर काठमाडौंका दिनेश नगरकोटी, गोरखाकै विकास थापा र सिन्धुपाल्चोकका राजकुमार मगर छन्।

उनीहरू सबै नेक्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरी जनाएको छ। उनीहरूमध्ये अधिकांश यसअघि पनि सार्वजनिक अपराधका कसुरमा सजाय पाइसकेका व्यक्ति हुन्।

प्रकाशित: Feb 10, 2020| 09:45 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।