बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छुटेको सामान फिर्ता गर्ने ट्याक्सी चालकले पाए सुनको सिक्री उपहार

छुटेको सामान फिर्ता गर्ने ट्याक्सी चालकले पाए सुनको सिक्री उपहार

आफ्नो ट्याक्सीमा छुटेको ग्राहकको सामान फिर्ता गर्ने एक ट्याक्सी चालकले सुनको सिक्री उपहार पाएका छन्।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं- आफ्नो ट्याक्सीमा छुटेको ग्राहकको सामान फिर्ता गर्ने एक ट्याक्सी चालकले सुनको सिक्री उपहार पाएका छन्।

सोमबार दिउँसो काठमाडौंको लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म यात्रा गर्नेक्रममा ग्राहकले बिर्सेर गएको सामान ट्याक्सी चालक बर्दियाका नविन सिग्देलले प्रहरीलाई फोन गरी फिर्ता गरिदिएका थिए।

१३ तोला बराबरका सुनका विभिन्न गरगहनासहित ल्यापटप, महत्वपूर्ण मेडिकलका कागजपत्र एवम् लत्ताकपडासहितको लगेज ब्याग काठमाडौंकी यात्रु लक्की रिजालले ट्याक्सीमा छोडेर हिँडेकी थिइन्।

अपरिचित ट्याक्सीमा सामान छुटेपछि उनले दिउँसो साढे ३ बजे ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा निवेदन दिइन्।

उनले निवेदन दिएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो।

खोजतलासकै क्रममा ट्राफिक कन्ट्रोल रुममा ट्याक्सी चालकले फोन सम्पर्क गरी एक यात्रुले सामान छोडेको जानकारी गराएका थिए।

त्यसपछि उनले सामान लिएर ट्राफिक महाशाखामा पुगे। लक्कीले आफ्नो सामान चिनेपछि ट्याक्सी चालकलाई धन्यवाद दिएर सुनको सिक्री नै उपहार दिईन्।

उक्त सामान महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले लक्कीलाई हस्तान्तरण गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Feb 10, 2020| 19:25 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।