बुधबार, असोज २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा अध्यक्ष र क्यानडाको सिनेटका सभामुखबीच भेट

राष्ट्रियसभा अध्यक्ष र क्यानडाको सिनेटका सभामुखबीच भेट

राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच सोमबार भेटवार्ता भएको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं- राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच सोमबार भेटवार्ता भएको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधि मण्डलले सिंहरबारमा भेटवार्ता गरेको हो।

भेटका क्रममा नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्यलगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने बताए।

‘दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो,’ उनले भने, ‘म आशा गर्दछु, भविष्यमा दुबै तर्फबाट यस किसिमका भ्रमणहरुको निरन्तरता हुनेछ।’

उनले दुबै देशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थिरताको अन्त्य गरी आर्थिक विकास र समृद्धि हासिलमा केन्द्रित रहेको बताए।

‘हामीले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘सरकारको प्राथमिकता कृषिको अधुनिकीकरण, जलविद्युत, पूर्वाधार विकासलाई तिव्रता दिने, पर्यटनको सम्भावनालाई मूर्तरुप दिने र यी सबैको लागि मानव संशाधन विकास गर्ने रहेको छ।’

भेटमा क्यानडाको उपल्लो सदन (सिनेट) सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए।

उनले नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको बताउँदै यसका चुनौतीबारे क्यानडा जानकार रहेको बताए।

क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

‘नेपालले पर्यटनलाई उच्च प्रथामिकता दिएको छ’, उनले भने, ’पर्यटनसँगै जलविद्युत, वायु उर्जा र सौर्य उर्जा विकासमा हाम्रो तर्फबाट सहयोग हुन्छ।’ सभामुख फ्युरी नेतृत्वको टोलीले सोमबार राष्ट्रिय सभा बैठकको अवलोकन तथा नेपाल (क्यानडा संसदीय मैत्री समूहबीच अन्तरक्रिया गर्ने कार्यक्रम छ।

त्यसैगरी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटघाट गरी स्वदेश फर्कनेछ।

प्रकाशित: Feb 10, 2020| 14:27 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।