बुधबार, असोज २८, २०८३

नयाँ आईजीपीबारेको निर्णय भोलिमात्रै

मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री रामबहादुर थापा बादलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे परामर्श गरेको मन्त्रिपरिषद् श्रोतले जनाएको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– सोमबार (आज) बसेको मन्त्रिपरिषद बैठक नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बारे टुंगो नलगाई सकिएको छ। आजको बैठकले नयाँ आईजीपी नियुक्त गर्ने भनिए पनि त्यसबारे कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिए। भोलि बस्ने बैठकले यसबारे निर्णय गर्ने ती मन्त्रीले बताए।

नयाँ आईजीपीमा डीआईजी ठाकुर प्रसाद ज्ञवालीलाई नियुक्त गर्ने अन्तिम तयारीमा सरकार रहेको बुझिएको छ। आईजीपीको दाबेदारमा डीआईजीहरु ज्ञवाली र तारिणीप्रसाद लम्साल छन्। आईजीपी खनाललाई नै ५ महिनाका लागि निरन्तरता दिनेबारेमा समेत सत्तापक्षको नेतृत्व तहमा छलफल चलेको छ।

मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री रामबहादुर थापा बादलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे परामर्श गरेको मन्त्रिपरिषद् श्रोतले जनाएको छ। ३० वर्षे सेवा अवधिका कारण खनालको पदावधि मंगलबार (भोलि)बाट सकिँदैछ ।

 

प्रकाशित: Feb 10, 2020| 16:18 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।