तराईका अधिकांश भूभागमा बाक्लो कुहिरो र हुस्सु लाग्ने र पहाडी भूभागसहित देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।
पुनःस्थापनाको कार्य अगाडि बढाइएको आठ वर्ष बिते पनि हालसम्म टुङगोमा पुग्न सकेको छैन। जग्गा र निर्माण सामग्रीको बढेको मूल्य बढदा पुनःस्थापना प्याकेज पुरानै छ।
जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजाएको माग दाबी गर्दै आज आरोपपत्र दायर गरेको हो।
बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सिसी क्यामेरा समयमै मर्मत सम्भार नहुँदा काम नलाग्ने भएका हुन्।
वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र दियालो संस्थाको सहकार्यमा सुन्तलाबारीमा हरित पुनःउत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ‘इको होमस्टे’ मा परिणत गर्न लागिएको हो।