काठमाडौं- प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय थुनुवा फरार भएका छन्।
बुधबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंबाट एक जना आरोपी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार रहेका छन्। लागूऔषध नाइट्राभेटसहित पक्राउ परेका उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको एसपी मैनालीले बताए।
अदालतमा लग्दा शौचालय पुगेका उनी फरार भएको खोजीकार्य जारी रहेको परिसरले जनाएको छ।