मंगलबार, साउन ६, २०८२

मोरङमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

केराबारी गाउँपालिका ९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका १ का ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बु पक्राउ परेका हुन्।
 |  बुधबार, पुस ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

vianetvianet

काठमाडौं- मोरङमा सामान्य विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका ९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ  नगरपालिका १ का ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

सामान्य वादविवादमा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राईलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिए पनि उपचार हुन नसक्दा घर ल्याएकोमा मृत्यु भएको थियो।

उक्त घटनामाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको समेत प्रहरीले बताएको छ। 

प्रकाशित: Dec 21, 2022| 21:40 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।