बुधबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • परपुरुषसँग लागेको शंकामा करेन्ट लगाएर श्रीमतीको हत्या

परपुरुषसँग लागेको शंकामा करेन्ट लगाएर श्रीमतीको हत्या

आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगन्ज महानगरपालिका-२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

पर्सा- आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगन्ज महानगरपालिका-२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

दासकी श्रीमतीको शव आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा फेला परेको थियो। घटनाको थप अनुसन्धान गर्न खटिएको जिल्ला प्रहरी कार्यालय पर्सा, अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मी र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देखिएपछि शंका लागी कुशललाई नियन्त्रणमा लिई सोधुपछ गर्ने क्रममा कुशलले श्रीमती पर-पुरूषसँग लागेको आशंकामा करेन्ट लगाई हत्या गरेको खुल्न आएको हो। 

हत्या पश्चात कुशलले आफ्नै भाइ २८ वर्षीय भरत दासलाई ना.३ च ६२४७ नम्बरको बोलेरो गाडी ल्याउन लगाई गाडीले मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुल्न आएको छ। घटनामा प्रयोग भएको ना ३ च ६२४७ नम्बरको गाडीलाई वीरगन्ज महानगरपालिका-१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद गर्नुका साथै कुशलको भाइ भरतलाई समेत प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Dec 22, 2022| 12:27 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।