बुधबार, मंसिर १७, २०८२

अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग

अपाङ्गता संरक्षण नेपालले काठमाडौंको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९

रासस

रासस

बिहीबार, पुस ७, २०७९

काठमाडौं- अपाङ्गता संरक्षण नेपालले काठमाडौंको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ। बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन्।

National life

सो अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखालाई उक्त सहयोग जुटाइदिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए। 

अपाङ्गता क्षेत्रमा महिला बालबालिका शाखालाई काम गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए। सो अवसरमा महिला शाखामा कार्यरत निर्जला चुडाल अधिकारीलाई सम्मानपत्र प्रदान गरिएको थियो। महिला बालबालिका शाखामा कार्यरत अधिकारी अपाङ्गता क्षेत्रमा समेत काम गर्दै आएका छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत सूर्यकुमारी न्यौपानेले अपाङ्गता भएका व्यक्ति नै आफ्नो हकहितका लागि सक्रिय हुनुपर्ने र प्रत्येक वडामा अपाङ्गतासम्बन्धी काम गर्ने समिति सक्रिय हुनुपर्नेमा जोड दिए।

गत वर्षदेखि नै कार्यविधि बनाएर ‘असहायसँग उपमेयर’ कार्यक्रममार्फत १३ अपाङ्गता भएका व्यक्तिलाई रु पाँच लाख ७० हजार बराबरको सहयोग गरेको न्यौपानेले बताए। एउटा तथ्याङ्कअनुसार नगरपालिकाभित्र दुई सय ५४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्।

Laxmi sunrise bank
kumari

सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी सुभद्रा पुडासैनी, राजकुमार खतिवडा, सुबोध थापा र संस्थाकी कोषाध्यक्ष दुर्गा तामाङ विष्ट, सदस्य कविता बस्नेत, केशव बुढाथोकी, शर्मिला क्षेत्री, बीना खतिवडालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 22, 2022| 09:00 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।