शुक्रबार, वैशाख २५, २०८३

हुस्सुका कारण आन्तरिक उडान प्रभावित

बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित बनेको छ। बिहानै देखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

National life

काठमाडौं- बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित बनेको छ। बिहानै देखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत १२ वटा विमानस्थलमा मात्र इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) सिस्टम जडान भएको छ भने बाँकी २५ वटा विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टमबाट मात्र जहाज अवतरण र उडान गर्न सक्ने व्यवस्था छ। यी २५ वटै विमानस्थलमा हुस्सुका कारण उडान हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

भिएफआर सिस्टममा तीन हजारदेखि पाँच हजार मिटर दुरीको भिजिबिलिटी हुनु पर्ने हुन्छ। आइएफआर सिस्टमका उडानका लागि आठ सय मिटरसम्म भिजिबिलिटी जरुरी हुन्छ। विशेष गरी बाक्लो हुस्सुका कारण मुख्य गरी उच्च पहाडी तथा तराईका विमानस्थलहरूको उडान प्रभावित बनेको छ।

प्रकाशित: Dec 22, 2022| 09:56 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।