शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रिकेटर सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ हुँदै

क्रिकेटर सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ हुँदै

नाबालिग बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत २९ मंसिरमा दर्ता गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– नाबालिग बलात्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दाको सुनुवाइ हुँदै छ। नाबालिग बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत २९ मंसिरमा दर्ता गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो। 

National life

लामिछानेका वकिलले पीडित भनिएकी १७ वर्षीया नाबालिगका २ वटा जन्मदर्ताको कागजपत्र उच्च अदालतमा पेस गरेका छन्। उच्च अदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्षमाथि रहेको दाबी उनीहरुको छ।

थुनछेकको बहसका क्रममा सन्दीपका वकिलले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपलाई जेलमै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। प्रहरीले सन्दीपलाई गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो।

गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका उनले पटक म्याद थप गर्दै अदालतमा हाजिर हुँदा किशोरी नाबालिग नरहेको दाबी गर्दै आएका छन्। सन्दीपका वकिल मुरारी सापकोटाले जन्मदर्ता, बसाइँसराइको प्रमाणपत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण इजलासमा पेस गरेका थिए।

प्रकाशित: Dec 22, 2022| 12:05 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।