शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चर्को बैंक व्याजदरविरुद्ध विराटनगरका उद्योगी आन्दोलित

चर्को बैंक व्याजदरविरुद्ध विराटनगरका उद्योगी आन्दोलित

चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध विराटनगरका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

विराटनगर- चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध विराटनगरका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।

National life

उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन्। उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। 

उद्योगी व्यवसायीहरुका दुई दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेका छन्। 

चालु पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ। एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरूको अर्को माग छ। अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ। स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको छ। 

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले बिहीबारदेखि सडकमा ओर्लने तयारी गरेका हुन्। बन्द हड्तालमा उत्रनु रहर नभएर बाध्यता भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए।

प्रकाशित: Dec 22, 2022| 07:33 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।