कोरोना भाइरसको जोखिमबाट बच्न देशभर सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण न्यायालयमा उत्पन्न बाधाअड्काउ फुकाउने विषयमा सर्वोच्च अदालतकोका बृहत् इजलासमा सोमबार सुनुवाइ सकिए पनि फैसला भने जेठ ११ गतेमात्र...
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि बनाइएका क्वारेन्टिनहरु उपयुक्त मापदण्डअनुरुप नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आइतबार काठमाडौंको कालिमाटीमा एक जना सर्वसाधारणमाथि दुर्व्यवहार गर्ने नेपाली सेनाका जवानलाई कारवाही गर्न माग गरेका छन्।
काठमाडौं– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई पाँच दिन थुनामा राख्न काठमाडौं जिल्ला प्रशासनले म्याद जारी गरेको छ।
बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि नरैनापुरमै क्वारेन्टाइनमै रहेका युवकको संक्रमणका कारण मृत्यु भएको थियो।
कर्णाली प्रदेशमा एक जनालाई कोरोना संक्रमणको आशंका गरिएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशाला सुर्खेतमा नमूना परीक्षण गर्दा एकजनामा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ।
लकडाउनको बेला रातिको समयमा खोलाबाट गिटी बालुवा चोरी निकासी भइरहेको पाइएको छ। रुपन्देहीको देवदह क्षेत्रमा नदीजन्य पदार्थको अवैध ढंगले उत्खनन भइरहेको पाइएको हो।