सोमबार, असोज १९, २०८३

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि नरैनापुरमै क्वारेन्टाइनमै रहेका युवकको संक्रमणका कारण मृत्यु भएको थियो।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं- बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि नरैनापुरमै क्वारेन्टाइनमै रहेका युवकको संक्रमणका कारण मृत्यु भएको थियो।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी नरैनापुर क्षेत्रका २७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको थियो।

तीमध्ये १९२ को परीक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोनाको संक्रमण पाइएको हो। बाँकी ८१ जनाको स्वाब परीक्षण हुनेक्रममा रहेको भेरी अस्पताल स्रोतले जनाएको छ।

यसअघि शुक्रवार नरैनापुरका कोरोना संक्रमित ८ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको थियो। यिमध्ये अधिकांश कोरोनाबाट मृत्यु भएको युवकको सम्पर्कमा आएकाहरु छन् भने थप अन्यमा पनि कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नरैनापुरलाई हटस्पट घोषणा गरी थप सतर्कता अननाउन सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

भारतबाट लुकिछिपी आएका, भारतीय क्वारेन्टिनमा यातना पाएपछि त्यहाँबाट भागेकाहरु नरैनापुरक्षेत्रमा वैशाख दोस्रो सातादेखि नै आइरहेका थिए। त्यसबेला उनीहरुलाई सुरक्षित क्वारेन्टिनमा राख्नेतर्फ कसैको ध्यान पुगेको थिएन।

ढिलो गरी भारतबाट आएकाहरुलाइ क्वारेन्टिनमा राखिए पनि त्यहाँ आवश्यक सुरक्षा र सावधानी नअपनाउँदा स्थिति भयावह बन्दै गएको हो।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानी नहुँदा केही क्वारेन्टिनमै विरामी परेको, एकजनाको मृत्यु भएको र स्वास्थ्य अवस्था राम्रै रहेकाहरु सामूहिक रुपमा कबड्डी खेल्ने गरेको स्थानीयले बताएका छन्।

प्रकाशित: May 18, 2020| 16:26 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।