आइतबार, भदौ ७, २०८३

पर्सामा पीसीआर टेस्ट किटको अभाव

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले आज राति १२ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेपनी नारायणी अस्पतालमा पीसीआर किटको अभाव भएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

पर्सा- जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले आज राति १२ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरे पनि नारायणी अस्पतालमा पीसीआर किट अभाव भएको छ।

अस्पतालका एक कर्मचारीका अनुसार आइतबार नेपाली सेनाले हेटौंडाबाट ल्याएको किटले हिजो र आजगरी स्वाब संकलन भए पनि सबै किट सकिएका छन्। कोरोना जोखिमका व्यक्ति आए पनि आफूहरु परीक्षण गर्न सक्ने अवस्थामा नरहेको कर्मचारीले बताए।

यता वीरगन्ज महानगरपालिकाले गत वैशाख दोस्रो साता नै जोखिम रहेको क्षेत्रमा करिब १० हजार व्यक्तिको पीसीआर परीक्षणका लागि किटको माग गरेको थियो। तर, हालसम्म पीसीआर किट नेपाल सरकारले उपलब्ध नगराएको वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले बताए।

दिनको ६० वटासम्म स्वाब संकलनको रिपोर्ट दिन सक्ने जापानी प्रविधिको पीसीआर मेसिनले हालसम्म सबै रिपोर्टहरुको नतिजा सही नै दिएको अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए। ६ पटकसम्म राष्ट्रिय प्रयोगशाला र नारायणी अस्पतालको पीसीआर रिपोर्टसँग नतिजा रुजु गराउँदा रिपोर्ट मिलेको छ।

प्रकाशित: May 18, 2020| 19:38 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।