आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झालाई दुर्व्यवहार गर्ने सैनिक जवानलाई कारवाही गर्न कांग्रेस उपसभापति निधिको माग

झालाई दुर्व्यवहार गर्ने सैनिक जवानलाई कारवाही गर्न कांग्रेस उपसभापति निधिको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आइतबार काठमाडौंको कालिमाटीमा एक जना सर्वसाधारणमाथि दुर्व्यवहार गर्ने नेपाली सेनाका जवानलाई कारवाही गर्न माग गरेका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आइतबार काठमाडौंको कालिमाटीमा एक जना सर्वसाधारणमाथि दुर्व्यवहार गर्ने नेपाली सेनाका जवानलाई कारवाही गर्न माग गरेका छन्।

पूर्व गृहमन्त्रीसमेत रहेका निधिले ट्वीट गर्दै घटनाको भर्त्सना गर्दै कारवाहीको माग गरेका हुन्।

अस्पतालमा विरामी रहेकी श्रीमतीका लागि रगत लिन जाँदै गरेका पूर्व शिक्षक घनश्याम झामाथि सेनाका जवानले दुर्व्यहार गरेका थिए। सेनाको जस्तो सर्ट लगाएको भन्दै झामाथि दुर्व्यवहार भएको हो।

उपसभापति निधिले उक्त घटना निन्दनीय र दण्डनीय रहेको बताउँदै प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: May 18, 2020| 17:35 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।