आइतबार, भदौ ७, २०८३

कोरोना पुष्टि भएका धनुषाका युवक काठमाडौंमा

कोरोना पुष्टि भएका ती युवक हाल काठमाडौं बस्दै आइरहेको बताइएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

जनकपुरधाम- धनुषाका एकजनामा सोमबार कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपराह्न सार्वजनिक गरेको विवरणअनुसार धनुषाका २८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएका ती युवक हाल काठमाडौं बस्दै आइरहेको बताइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमण देखिएका युवक धनुषामा नभई हाल काठमाडौं बस्दै आइरहेको बताए।

‘टेलिफोनमा उहाँसँग कुरा भएको छ, त्रिपुरेश्वरमा छु भन्नुभएको छ,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘स्वाब परीक्षण पनि उतैबाट भएको रहेछ।’

कोरोना संक्रमण देखिएका ती युवक पेशाले चालक रहेको बताएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।

‘कुनै सम्बन्धित कम्पनीमा चालक छु भन्नुभएको छ,’ उनले थपे, ‘कामको सिलसिलामा पूर्व–पश्चिम राजमार्गमा समेत ओहोरदोहोर गर्ने गरेको खुलेको छ।’

प्रकाशित: May 18, 2020| 18:58 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।