सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा एकजनालाई कोरोना संक्रमणको आशंका, पुनः परीक्षण हुँदै

कर्णालीमा एकजनालाई कोरोना संक्रमणको आशंका, पुनः परीक्षण हुँदै

कर्णाली प्रदेशमा एक जनालाई कोरोना संक्रमणको आशंका गरिएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशाला सुर्खेतमा नमूना परीक्षण गर्दा एकजनामा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

सुर्खेत - कर्णाली प्रदेशमा एक जनालाई कोरोना संक्रमणको आशंका गरिएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशाला सुर्खेतमा नमूना परीक्षण गर्दा एकजनामा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ।

‘रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमणको आशंका गरिएको हो। तर अहिले नै संक्रमित भन्न मिल्दैन’, कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले भनिन्, ‘रि–चेक गरेपछि मात्रै कोरोना संक्रमित हो/होइन कन्फम हुन्छ।’

संक्रमणको आशंका गरिएका ती व्यक्तिको नमूना पुनः परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशाला पठाइएको छ। दैलेख आठबीसकोट नगरपालिकाका–३५ वर्षीय ती व्यक्ति जेठ १ गते भारतबाट गाउँ फर्किएका थिए। नगरपालिकाले बनाएको लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा उनलाई राखिएको छ।

प्रकाशित: May 18, 2020| 15:47 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।