आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीका संक्रमित रुपन्देहीको आईसीयूमा, अस्पताल सिल

गुल्मीका संक्रमित रुपन्देहीको आईसीयूमा, अस्पताल सिल

आज संक्रमण पुष्टि भएका गुल्मीका एक पुरुष रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालको आईसीयूमा उपचाररत छन् ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

बुटवल– आज संक्रमण पुष्टि भएका गुल्मीका पुरुष रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालको आईसीयूमा उपचाररत छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार तीन दिनअघि जन्डिसकाे उपचार गराउन अस्पताल आएका उनी सिकिस्त भएपछि आईसीयूमा भर्ना गरिएको हो।

डा. गिरीले भने, ‘स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको छ। उहाँ तीन दिनअगाडि आउनुभएको रहेछ, अहिले क्रिमसन अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्छ।’

गुल्मी जिल्लाका बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलोपटक हो।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माका अनुसार संक्रमित व्यक्ति जिल्लाको मदाने गाउँपालिका– २ का ४१ वर्षीय पुरुष हुन्।

तीनजना कुरुवासहित अस्पतालमा रहँदै आएका उनको उपचारमा चार जना चिकित्सक संलग्न रहेको अस्पतालले स्रोतले जनाएको छ। अहिले अस्पताल सिल गरिएको छ भने कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ।

बिरामीको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी र अन्य व्यक्तिबारे पत्ता लगाउने काम भइरहेको डा. गिरीले जानकारी दिए।

गुल्मीभन्दा बाहिर नगएका उनी कसरी संक्रमित भए भन्ने पत्ता लागेको छैन । पेशाले शिक्षक उनले अध्यापन गर्ने विद्यालयमा क्वारेन्टिन राखिएको हुँदा त्यतैबाट संक्रमण भएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

जन्डिसको उपचार गराउन जेठ १ गते रुपन्देहीको क्रिमसन अस्पतालमा आएका उनको स्वास्थ्य बिग्रिंदै गएपछि अस्पतालले नै जेठ दुई गते स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो।

विरामीलाई केही बेरमा कोरोना बिशेष अस्पतालमा लैजाने तयारी गरिएको छ।

प्रजिअ शर्माका अनुसार गुल्मीका स्थानीयमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा सतर्कता बढाइएको छ।

प्रकाशित: May 18, 2020| 19:20 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।