आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकैदिन ६२ जनामा कोरोना पोजेटिभ, संक्रमितको कुल संख्या ३५७ पुग्यो

एकैदिन ६२ जनामा कोरोना पोजेटिभ, संक्रमितको कुल संख्या ३५७ पुग्यो

नेपालमा आज (सोमबार) मात्रै कोरोना भाइरसका ६२ जना नयाँ संक्रमित थपिएका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं- नेपालमा आज (सोमबार) मात्रै कोरोना भाइरसका ६२ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपराह्न ४ बजेको गरेको प्रेस ब्रिफिङमा ५३ जना नयाँ संक्रमित थपिएको उल्लेख गरेको छ। त्यसअघि बिहान मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका थिए।

सोमबार दिउँसो बाँकेमा मात्रै ४७ जना नयाँ संक्रमित थपिएका छन् भने गुल्मी, मोरङ, धनुषा, रौतहट, धादिङ र दाङ जिल्लामा १-१ जना संक्रमित थपिएका हुन्।

गुल्मी जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ देखिएको हो।

बाँकेको नरैनापुरस्थित एक क्वारेन्टिनमा बसिरहेकामध्ये १९१ जनाको परीक्षण गरिएकामा ४६ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको हो। उक्त क्वारेन्टिनका थप ८१ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ।

उनीहरु सबैको नेपालगंजस्थित भेरी अञ्चल अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

सोमबार बिहान रौतहट र बारामा ९ जना संक्रमित थपिएका थिए।

सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा संक्रमित थपिएका हुन्। याेसँगै देशभर संक्रमित हुनेकाे संख्या ३ सय ५७ पुगेकाे छ।

प्रकाशित: May 18, 2020| 17:00 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।