आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई ५ दिन थुनामा राख्न अनुमति

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई पाँच दिन थुनामा राख्न काठमाडौं जिल्ला प्रशासनले म्याद जारी गरेको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई पाँच दिन थुनामा राख्न काठमाडौं जिल्ला प्रशासनले म्याद जारी गरेको छ।

कार्कीमाथि अनुसन्धान गर्न जिल्ला प्रशासनले सोमबार पाँच दिनको म्याद जारी गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले पक्राउ परेका कार्कीमाथि अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न थप पाँच दिनको म्याद पाएको जानकारी दिए।

आफूमाथि दुर्व्यवहार भएको भन्दै डा. कार्कीले सोमबार नै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्। प्रहरीले कार्कीलाई आइतबार नै पक्राउ गरेको थियो।

शुक्रबार कार्यालयकै कामले काठमाडौं आउँदा उनीमाथि नागढुंगामा खानतलासी गर्दै कार्कीको समूहले दुर्व्यवहार गरेका थिए, जुन कार्यको चौतर्फी विरोध भइरहेको छ।

दुर्व्यवहार गर्ने युवकविरुद्ध डा. कार्कीले दिए प्रहरीमा जाहेरी

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारबारे छानबिन गर्न समिति गठन

कार्कीमाथि दुर्व्यवहार निन्दनीय : सामाजिक विकास मन्त्रालय

मोबाइल तेर्स्याएर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पक्राउ

प्रकाशित: May 18, 2020| 17:15 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।