बिहीबार, भदौ ४, २०८३

आज सर्वोच्चसहित देशैभरका अदालत बन्द

सर्वोच्च अदालतसहित देशभरका अदालत आज (बिहीबार) बन्द हुने भएका छन् ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- सर्वोच्च अदालतसहित देशभरका अदालत आज (बिहीबार) बन्द हुने भएका छन् ।

सर्वोच्चका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालत बन्द गर्ने निर्णय भएको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मिएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए। उनी उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए।

प्रकाशित: Mar 19, 2020| 01:55 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।