आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे सूचना माग्दै निवेदन दर्ता

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे सूचना माग्दै निवेदन दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबारे विस्तृत जानकारी माग गर्दै त्रिवि शिक्षण अस्पतालमा निवेदन दर्ता भएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबारे विस्तृत जानकारी माग गर्दै त्रिवि शिक्षण अस्पतालमा निवेदन दर्ता भएको छ।वरिष्ठ अधिवक्ताहरु बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले मंगलबार निवेदन दर्ता गराएका हुन्।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को प्रयोग गर्दैै अधिवक्ताद्वयले प्रत्यारोपण गरेको मिति, दान गर्नेको नाम, दिने र लिनेबीचको नाता, प्रत्यारोपणको विषयमा दाता र ग्रहणकर्ताबाट पेश गरिएका दस्तावेजहरु माग गर्दै निवेदन दर्ता गराएका छन्।

मिर्गौला दिने र लिनेबीचको नाता प्रमाणितको दस्तावेज र प्रत्यारोपणमा संलग्न डाक्टरको विवरणसमेत सूचनामा माग गरिएको छ।

अधिवक्ता भण्डारीले प्रधानमन्त्रीलाई अहिले मिर्गौला दिने समीक्षा संग्रौला भाञ्जी नाता पर्ने भनिए पनि त्यसबारे यकिन नहुँदा सूचना माग गरिएको बताए। मिर्गौला दिने र लिनेबीचको नाताबारे दुईथरी कुरा बाहिर आएको भन्दै भण्डारीले उक्त प्रत्यारोपण कानुन विपरीत भएको आशंकामा सूचना माग गरिएको जानकारी दिए।

‘कसैले समीक्षा प्रधानमन्त्रीको भाइको श्रीमतीको भाञ्जी भन्छन्, कसैले प्रधामन्त्रीको काकाको छोरीको छोरी भन्छन्,’ भण्डारीले भने, ‘पहिलो पटक किड्नी दिने प्रमको आफ्नै भाइको बुहारी हुन् कि हैनन्, त्यो पनि यकिन छैन।’

प्रकाशित: Mar 17, 2020| 11:12 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।