आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ३१ जिल्लामा फैलियो कोरोना (कुन जिल्लामा कति संक्रमित ?)

३१ जिल्लामा फैलियो कोरोना (कुन जिल्लामा कति संक्रमित ?)

 फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं- फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ।

अहिलेसम्म ३१ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १३२, वागमतीमा १ मृत्युसहित १८, गण्डकीमा ३, प्रदेश ५ मा १ मृत्युसहित १५९ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित भएका छन्। कुल संक्रमित ३५७ मध्ये पुरुषको संख्या २९८ पुरुष छन् भने ५९ जना महिला छन्।

३६ जना उपचारपछि घर फर्किएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवक छन्।

संक्रमित देखिएका जिल्लामा पर्सा (९१), बाँके (८१), कपिलवस्तु (४२), उदयपुर (३३), रुपन्देही (२८), रौतहट (२२), काठमाडौं (७), धनुषा (७), कैलाली (४), बारा (४), चितवन (३), महोत्तरी (३), सर्लाही (३), दाङ (४), बाग्लुङ (२), झापा (२), बर्दिया (२), धादिङ (३), मोरङ (३), भक्तपुर (२), कञ्चनपुर (१), सिरहा (१), भाेजपुर (१), सप्तरी (१), सिन्धुपाल्चोक (१), मकवानपुर (१), नवलपरासी पूर्व (१), नवलपरासी पश्चिम (१), काभ्रे (१), धनुकटा (१) र गुल्मी (१) छन्। 

प्रकाशित: May 18, 2020| 17:00 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।