आइतबार, भदौ ७, २०८३

पर्साको निषेधाज्ञा हट्यो, लकडाउन कडा पारिने

पर्सामा जारी निषेधाज्ञा आज (सोमबार) देखि हटाइएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

पर्सा- पर्सामा जारी निषेधाज्ञा आज (सोमबार) देखि हटाइएको छ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले निषेधाज्ञा हटाउँदै व्यवस्थित रुपमा लकडाउनको पालना गराउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

बैठकले समाजिक दूरी कायम गरेर कृषि तथा खेतीपाती गर्न निर्वाध रुपमा दिने निर्णय गरेको छ। यसैगरी सरकारले अनुमति दिएका उद्योग कलकारखान सञ्चालनका लागि समेत समन्वय गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ।

वैशाख ३० गते एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नुको साथै निषेधाज्ञा जारी गरेको थियो।

दुईजना सञ्चारकर्मीमा कोरोना संक्रमित देखिएपछि निषेधाज्ञासँगै सञ्चारकर्मीहरुलाई लगाइएको सवारी साधन सञ्चालन रोक्ने निर्णय पनि फिर्ता लिइएको छ।

प्रकाशित: May 18, 2020| 17:37 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।