आइतबार, भदौ ७, २०८३

बाँकेमा संक्रमित ४७ जना भारतबाट आएका

बाँकेको नरैनापुरमा आज एकैपटक कोरोना भाइरसबाट संक्रमण पुष्टि भएका ४७ जना भारतबाट आएका हुन्
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं- बाँकेको नरैनापुरमा आज एकैपटक कोरोना भाइरसबाट संक्रमण पुष्टि भएका ४७ जना भारतबाट आएका हुन्।

प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका कोभिडका लागि फोकल पर्सन उमाशंकरप्रसाद चौधरीका अनुसार उनीहरुसबै भारतका विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेका थिए।

उनीहरु पटक पटक गरी आएको चौधरीको भनाइ छ। उनले सबैको विवरण लिने काम भइरहेको जानकारी दिए। यसअघि पनि नरैनापुर क्वारेन्टिनमा ८ जनालाई कोरोना पुष्टि भइसकेको छ।

क्वारेन्टिनमा रहेका २६३ जनाको स्वाब संकलन गरिएकोमा आज १९२ जनाको रिपोर्ट आएको छ। त्यसमा ४७ जनाको पोजेटिभ देखिएको हो। बाँकी रिपोर्ट आएको छैन। संक्रमण देखिएका उनीहरुलाई मंगलबार मात्रै अस्पताल लगिने चौधरीले बताए।

प्रकाशित: May 18, 2020| 18:30 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।