प्रदेश २ को प्रदेशसभामा खटिएका पाँचजना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले विहीबार सार्वजनिक गरेको विवरणमा प्रदेशसभामा कार्यरत पाँचजना मर्यादापालकमा संक्रमण पुष्टि भएको हो।
डोटीमा क्वारेन्टाइन बसेकी दुई महिलाले बच्चा जन्माएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले बच्चा जन्माएका हुन्।
मोटरसाइकलको ट्यांकीमा लुकाएर राखेको अवस्थामा पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिकाका २५ वर्षीय प्रकाश साह रहेका छन्।
कार्यभार सम्हालेको तीन महिनामा अर्थमन्त्री खतिवडाले विगतका सबै उपलब्धिलाई बेवास्ता गर्दै अब देशको अर्थतन्त्र बनाउने ‘मै हुँ’ भन्ने आशय व्यक्त गरेका थिए।
विभिन्न जिल्लामा स्थानीय प्रशासन र जनप्रतिनिधिको नेतृत्वमै तरकारी तथा फलफूल नष्ट गर्ने कार्यमा संलग्नहरुलाई कारवाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने बताएका छन्।