सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पिसिआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्

पिसिआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्

सल्यानमा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको किरिया गर्न घर जान वञ्चित हुनुपरेको छ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

सल्यानमा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको किरिया गर्न घर जान वञ्चित हुनुपरेको छ ।

बनगाड कुपिण्डे नपा वडा नं ६ डुरखोलाका यादव विक र नोखराज विकले घरमा बुवाको मृत्यु हुँदा पनि रिपोर्ट नआएपछि घर जान पाएका छैनन्।

नगरपालिकाले प्रभावकर मावि देवस्थलको क्वारेन्टिनमा रहेका ३९३ जनाको जेठ १३ गते स्वाब सङ्कलन गरी सुर्खेत पठाइएकामा अहिलेसम्म रिपोर्ट नआउँदा बुवाको काजकिरिया गर्न नपाएको बिकले जानकारी दिए। “घरमा बुवाको मृत्यु भएको छ, किरिया बस्ने हामी दुवै छोरा यही छौँ, रिपोर्ट नआएर जान मिल्दैन भन्छन् रिपोर्ट आउने पनि थाहा छैन”, उनले भने।

रिपोर्ट ढिला आउँदा क्वारेन्टिनमा अन्य समस्यासमेत थपिँदै जानथालेको नगरपालिकाका स्वास्थ्य प्रमुख वासुदेव पोखरेलले जानकारी दिए। “नगरभित्रका क्वारेन्टिनमा रहेका ७११ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा १५८ जनाको रिपोर्ट आएको छ जसमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, अझै ५५३ जनाको रिपोर्ट नआउँदासम्म अन्योल छ”, पोखरेलले भने ।

यसैबीच गत शनिबार कोरोना सङ्क्रमण पुष्टि भएका १७ जना अहिलेसम्म पनि प्रभाकर मावि र बनगाड क्याम्पसमा रहेको क्वारेन्टिनको बरण्डामा बस्न बाध्य भएका छन् । सँगै सङ्क्रमित भएका १२ जनालाई सल्यान अस्पतालको अइसोलेशनमा शनिबार भर्ना गरिएको भए पनि बाँकीलाई श्यया अभाव भएको भन्दै क्वारेन्टिनको बरण्डामा राखिएको हो ।

सङ्क्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिले प्रयोग गर्ने शौचालय एउटै भएका कारण आफूहरुलाई समेत अप्ठेरो भएको एक सङ्क्रमितको भनाइ छ । “यहाँ शौचालयदेखि खानेपानीको धारासमेत एउटै छ, अरुले धारा नछोउ भनेर हेपेर बोल्छन्, हामीबाट अरुलाई कोरोना सङ्क्रमण नहोस् भनेर हामी आफैँ बरण्डामा सुत्ने र बस्ने गरेका छौँ”, उनले भने । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पहल भइरहेको जानकारी दिए । आफूले रिपोर्ट तथा व्यवस्थापनका लागि दैनिक पहल गरिरहेको उनले बताए ।
रासस

प्रकाशित: Jun 04, 2020| 17:35 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।