काठमाडौं- कर्णाली प्रदेशमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा र प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेख र मुगुका एक सय १४ जनामा कोरोना पुष्टि भएको हो।
जसमध्ये सबैभन्दा धेरै दैलेखका एक सय १३ जना र मुगुका १ जना छन्।
दैलेखमा भेटिएका अधिकांस संक्रमितमा नारायण नगरपालिकाको क्वारेन्टिन नारायण क्याम्पसमा बसेकाहरु छन्।
त्यस्तै दैलेखकै नौमुले गाउँपालिकाका ५ जना छन्। त्यसैगरी मुगुको खत्याड गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
