सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या २,६३४ पुग्यो, एकै दिन थपिए ३३४ जना

कोरोना संक्रमितको संख्या २,६३४ पुग्यो, एकै दिन थपिए ३३४ जना

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

बिहीबार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप ३३४ जन संक्रमित थपिएपछि कुल संख्या २ हजार ६ सय ३४ पुगेको हो। कुल संक्रमितमा १८४ जनामात्र महिला छन् भने बाँकी पुरुष।

हालसम्म ८४ हजार १३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ। त्यसैगरी आरडीटी विधिबाट १ लाख २५ हजार ५६४ जनाको परीक्षण भएको छ।

हाल देशभर १ लाख ६१ हजार २६२ जना क्वारेन्टिनमा छन्। त्यसैगरी विभिन्न अस्पतालका आइसोलेसनमा २ हजार ३३५ जना कोरोना संक्रमित उपचाररत छन्।

अहिलेसम्म २९० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म १० जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ।

 

प्रकाशित: Jun 04, 2020| 16:32 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।