सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौरजहारी प्रकरणका आरोपीलाई १० दिन थुनामा राख्न अनुमति

चौरजहारी प्रकरणका आरोपीलाई १० दिन थुनामा राख्न अनुमति

रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई जिल्ला अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

काठमाडौं- रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई जिल्ला अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ।

घटनामा संलग्नको आरोपमा पक्राउ परेका चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो।

हत्याकाण्डबारे थप अनुसन्धानमा लागि २५ दिने समयमा माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत पेश गरेको थियो।

चौरजहारीबाट प्रेमिकालाई भगाउन गएका जाजरकोटका ६ युवाहरुलाई जेठ १० गते घेरा हालेर हत्या गरी भेरी नदीमा बगाएको आरोप उनीहरुमाथि लागेको छ।

जाजरकोटका नवराज विक र मल्ल थरकी युवतीबीचमा प्रेम सम्बन्ध रहेको थियो। परिवारको सहमति नभएपछि विक १८ जना साथीसहित युवती लिन पुगेका थिए।

प्रकाशित: Jun 04, 2020| 16:50 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।