सोमबार, भदौ ८, २०८३

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

पाल्पास्थित मिसन अस्पतालमा २ दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो। उनी पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुष हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका व्यक्तिमा कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो।

भारतबाट ५ दिनअघि आएर क्वारेनटाइनमा बसेका थिए। उनलाई श्वासप्रश्वासमा समस्या थियो। उनको दुई दिनअघि मृत्यु भएको हो। उनको आज रिपोर्ट आएको हो।

यससँगै कोभिड—१९ पोजेटिभ देखिएकाको मृत्यु संख्या १० पुगेको छ।

सम्बन्धित समाचार : मिसन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, केही दिनअघि मुम्बईबाट आएका थिए

 

 

प्रकाशित: Jun 04, 2020| 16:40 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।