बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ हजारभन्दा बढीको ज्यान गएपछि इटालीमा आशाको पहिलो किरण

१५ हजारभन्दा बढीको ज्यान गएपछि इटालीमा आशाको पहिलो किरण

कोरोना भाइरसको कहरबाट पूरै विश्व प्रताडित छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

कोरोना भाइरसको कहरबाट पूरै विश्व प्रताडित छ। चीनबाट सुरु भएको यो भाइरसले सबैभन्दा बढी इटालीमा ज्यान लिएको छ। त्यहाँ १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। शनिबार (हिजो) मात्र त्यहाँ ६८१ जनाको मृत्यु भएको छ र मृतकको कुल संख्या १५ हजार ३ सय ६२ पुगेको छ।

शनिबार नै लामो समयपछि इटालीमा उत्साहको किरण पनि देखा परेको छ। त्यहाँको सिभिल प्रोटेक्सन डिभिजनका अनुसार इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा उपचार भइरहेका कोरोनाका बिरामीको संख्यामा पहिलोपटक कमी आएको छ।

शुक्रबार सिकिस्त बिरामीको संख्या ४ हजार ६८ रहेकोमा शनिबार घटेर ३ हजार ९ सय ९४ मा झरेको छ। यो तथ्यांकले स्वास्थ्यकर्मी उत्साहित छन्। यद्यपि, यसको मतलब यो पनि होइन कि इटाली क्रिटिकल अवस्थाबाट बाहिर आइसकेको छ।

इटालीमा नयाँ संक्रमणमा पनि कमी आएको छ। अहिले त्यहाँ ८८ हजार २ सय ७४ संक्रमितको उपचार भइरहेको छ। २० हजार ९ सय ९६ जना निको भएका छन्।

बीबीसी

 

प्रकाशित: Apr 05, 2020| 09:08 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।