सोमबार, भदौ ८, २०८३

‘अमृत जल’मा लेदो भटिएपछि उद्योगमा सिल

पानीको बोतलमा लेदो भेटिएपछि हेटौंडामा एक पानी उद्योगमा सिल गरिएको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

पानीको बोतलमा लेदो भेटिएपछि हेटौंडामा एक पानी उद्योगमा सिल गरिएको छ।

हेटौडा–९ स्थित ‘अमृत जल’ नामक पानी उद्योगबाट उत्पादित पानीको बोतलमा लेदो भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले उद्योगमा सिल गरेको हो।

खाद्य प्रविधिका प्रमुख सोमकान्त रिजालले उक्त उद्योगले उत्पादन गरेको मिनरल वाटरमा लेदो भेटिएको उजुरी परेपछि उद्योगमा सिल गरिएको जानकारी दिए।

रिजालले उद्योगमा अनुगमन गर्दा पानी फिलिङ्ग गर्ने मेसिन र रिभव राओ मेसिन बिग्रिएको अवस्थामा भेटिएकोले सिल गरेको बताए।

अनुगमनका क्रममा मजदुरहरुले मेसिन बिग्रिएको कारण हातले नै बोतलमा पानी भरिरहेको फेला पारेको थियो।

साथै नेचुरल वेभरेजले उत्पादन गरेको मिनरल वाटर प्रयोग तथा बिक्री वितरणमा समेत रोक लगाइएको रिजालले जानकारी दिए।

प्रकाशित: Jun 04, 2020| 13:25 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।