सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्दोलनरत चिकित्सक भन्छन्, ‘सम्झौता मान्य छैन, आन्दोलन जारी रहन्छ’

आन्दोलनरत चिकित्सक भन्छन्, ‘सम्झौता मान्य छैन, आन्दोलन जारी रहन्छ’

नेपाल मेडिकल कलेजका आन्दोलनरत चिकत्सकहरुले एकलौटी तरिकाले गरिएको सहमति अमान्य भन्दै आन्दोलन जारी राख्ने भएका छन्।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

काठमाडौं-  नेपाल मेडिकल कलेजका आन्दोलनरत चिकत्सकहरुले एकलौटी तरिकाले गरिएको सहमति अमान्य भन्दै आन्दोलन जारी राख्ने भएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सम्झौतामा आन्दोलनरत पक्षलाई समावेश नगरी सहमति भएकोले आन्दोलन स्थगित नहुने उनीहरुको भनाई छ।

गत जेठ २४ मा नेपाल मेडिकल कलेजमा उपचाररत विरामीको मृत्यु भएपछि विरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए। त्यसपछि दोषिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

बुधबार राति स्वास्थ्य मन्त्रालयमा भएको सम्झौतामा नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन, रेजिडेन्ट एसोसिएसन अफ काठमाडौं युनिभर्सिटी, रेजिडेन्ट एसोसिएसन अफ न्याम्स, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी र नेपाल मेडिकल काउन्सिलको तर्फबाट विभिन्न प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार अस्पतालको सीसीटीभी फुटेज नष्ट गर्ने वा प्रमाण मेट्न प्रयास गर्ने सबैलाई तीन दिनभित्र कारबाहीका लागि पहल गर्ने, दोषी पहिचान गरी तीनभित्र कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई अनुरोध गर्ने, स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सक र अन्य सरोकारवालासमेतको सहभागितामा सात दिनभित्र समिति गठन गरी समितिको प्रतिवेदन लागु गर्ने लगायत छन्।

तर, सम्झौताको पहिलो र दोस्रो बुँदामा असहमति रहेको आन्दोलनरत चिकित्सक डा. गुञ्जन खड्काले बताए ।

त्यसमा दोषीलाई कानुनबमोजिम कारबाही हुने भन्ने कुरा प्रस्ट रुपमा उल्लेख नभएको हुँदा सम्झौता मान्य नहुने आन्दोलनरत चिकित्सक बताउँछन्। खड्काले भने, ‘सम्झौताले पीडित चिकित्सका माग सम्बोधन गर्दैन, आन्दोलन रोक्ने उद्देश्य मात्र देखिन्छ। हाम्रो मुद्दामा हाम्रो सहमतिबिना भएको सम्झौता हामीलाई मान्य छैन।’

कुरा नमिलेपछि आफूहरु ६ बजे नै स्वास्थ्य मन्त्रालयबाट निस्किए पनि पछि एकलौटी तरिकाले सम्झौता गरिएको उनको भनाई छ।

प्रकाशित: Jun 04, 2020| 15:53 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।